
नेपाल राष्ट्र बैंकले आज रिभर्स रिपो बोलकबोल गरेर २० अर्ब रुपैयाँ प्रणालीबाट खिच्दा बैंकहरुले ५३ अर्बसम्मको लागि आवेदन पेश गरेका छन् । बैंकहरुले ५३ अर्ब ५० करोडको लागि आवेदन हालेका हुन् ।
बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज रिभर्स रिपो जारी गरेर २० अर्ब रुपैयाँ प्रणालीबाट फिर्ता लगेको हो । यस बोलकबोलमा बैंकहरुले न्युनतम १.५९ प्रतिशत र अधिकतम २.९२ प्रतिशत ब्याज कबुल गरेका थिए । राष्ट्र बैंकले भारित औसत २.५४०९ प्रतिशत ब्याजमा २० अर्ब रकम आज उठाएको हो । राष्ट्र बैंकका यस बोलकबोल प्रक्रियामा १८ वटा बैंक त्तहा वित्तीय संस्थाबाट १५८ वटा आवेदन परेको थियो । राष्ट्र बैंकले आज १४ दिन अवधिको लागि २० अर्ब प्रणालीबाट खिचेको हो ।
राष्ट्र बैंकले बुधबार पनि रिभर्स रिपो जारी गरेर १४ दिन अवधिको लागि पुन: २० अर्ब प्रणालीबाट खिच्ने जनाएको छ ।
अन्तरबैक बजारमा भारित औषत व्याजदर नीतिगत दर (हाल वार्षिक ७%) को तुलनामा २% भन्दा बढीले माथि भएमा (अर्थात् ९% भन्दा बढी भएमा) रिपो र तल भएमा (अर्थात् ५% भन्दा कम भएमा) रिभर्स रिपो ल्याउने व्यवस्था राष्ट्र बैकले गरेको छ। बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो ।