नासा सेक्यूरिटिजको तेस्रो शाखा पोखरामा

समाचार बिज
  • ख-
  • ख+

नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त नासा सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ५८) ले आफ्नो सेवा विस्तारको क्रममा पोखरामा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले आज, असार १५ गते, शुक्रबारदेखि पोखरा ८, न्यूरोडस्थित न्यूरोड कम्प्लेक्सको तेस्रो तल्लामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
एक समारोहका बीच उक्त शाखा कार्यालयको समुद्घाटन, नासा सेक्यूरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले गरेका थिए । सो समारोहमा पोखरा शाखाका शाखा प्रबन्धक सागर सेढाईंले अन्य स्थानहरुमा जस्तै पोखरामा पनि राम्रो सेवा दिने बताए । उनले सो शाखा कार्यालयमार्फत धितोपत्र खरिदबिक्री, डिपी सेवा तथा मार्जिन ट्रेडिङ्गको सेवा प्रदान गर्ने जानकारी पनि दिए ।
यस अघि नासाले काठमाण्डौँको मुख्य कार्यालय तथा विरगंञ्ज र जनकपुर शाखा कार्यालयबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्