हिमालय एअरलाइन्सले थाल्यो काठमाडौं-बेइजिङ नियमित उडान, साताको एउटा उडान सोझै

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। हिमालय एअरलाइन्सले शनिवारदेखि काठमाडौं–बेइजिङ नियमित उडान सुरु गरेको छ। शनिवारको प्रारम्भिक उडानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले यात्रा गरेका छन्।

हिमालयको एच नाइन ६६५ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहानको ७ बजेर ४० मिनेटमा गरेको हो। उक्त विमान बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुने कम्पनीले जनाएको छ।

काठमाडौं-बेइजिङ उडान अवधि ४ घण्टा ४५ मिनेटको हो। बेइजिङबाट उक्त विमान दिउँसो ३ बजेर २५ मिनेटमा प्रस्थान तालिका छ। उक्त विमान काठमाडौंममा साँझ ६ बजेर ३० मिनेटमा अवतरण हुने छ।

‘काठमाडौं र बेइजिङ बीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छौं। कोभिड-१९ को महामारीपछि यो रुटमा उडान पुनः सुरु हुनु महत्त्वपूर्ण छ,’ एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भनेका छन्। यो रुटको उडानले अन्तर्राष्ट्रिय बजारमा हिमालयको उपस्थितिलाई बलियो बनाउने विस्वास उनको छ।

यात्रुहरूले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टरबाट काठमाडौं-बेइजिङ-काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्ने उनले बताएका छन्। बेइजिङ र काठमाडौं आउजाउ गर्ने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प भइरहँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने विश्वास रहेको हिमालयले विज्ञप्तिमा उल्लेख गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्