मलेसियासँगको श्रृंखलाका लागि नेपाली महिला क्रिकेट टीमको घोषणा

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । मलेसियासँगको श्रृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टीमको घोषणा गरिएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ(क्यान) ले मलेसियासँगको ५ खेलको टी २० शृंखलाका लागि अन्तिम १४ जनाको टिम घोषणा गरेको हो । सामसन जङ थापाले शृंखलाका लागि टिममा पहिलो पटक तीन नयाँ अनुवार समावेश गरेका छन् ।

सम्झना खड्का, कृतिका मरासिनी र इश्वरी विष्ट पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । मे २९ देखि जुन ४ सम्म हुने शृंखलाको पहिलो खेल नेपालले मे २९ मा खेल्नेछ । दोस्रो मे ३०, तेस्रो जुन १, चौथो र पाँचौं क्रमश जुन ३ र ४ मा खेलेर स्वदेश फर्किनेछ ।

नेपाली टीमः

कप्तान रुबिना क्षेत्री, सिता राना मगर, इन्दु वर्मा, ज्योति पाण्डे, अस्मिना कर्माचार्य, कविता कुँवर, कविता जोशी, कृतीका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, इश्वरी विष्ट र सरस्वती चौधरी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्