विमा दिवसकाे पाेखरा विश्वविद्यालयमा विद्यार्थीहरुकाे सचेतना र्याली

समाचार बिज
  • ख-
  • ख+

विज्ञान कार्की -५५ औं बीमा दिवसको सन्दर्भमा पोखरा विश्वविद्यालयमा अध्ययनरत ३०० भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुले उक्त र्यालीमा बिभिन्न नाराहरु लेखिएको प्लेकार्डहरु र ब्यानरहरु बोकेर विश्वविद्यालय वरिपरिका सडक हुंदै पृथ्वीराजमार्गसम्म पुगेका थिए । सर्वसाधारणहरुलाई जनचेतनामूलक पर्चाहरु वितरण गरिएको थियो ।
र्यालीको नेतृत्व स्कूल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवालीले गरेका थिए । र्यालीको बिसर्जन पोखरा विश्वविद्यालय केन्द्रिय कार्यालयमा पुगेर भएको थियो भने बिसर्जन सभालाई सम्बोधन गर्दै सह प्राध्यापक डा. रविन्द्र घिमिरेले बीमाको महत्व र अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए ।समापन कार्यक्रममा बीमा तथा बैकिङ्ग अध्ययन समूहका अध्यक्ष दिपेश भूजेलले कार्यक्रममा सहभागी हुने र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने ब्यक्तिहरु, संस्था, मेडिया हाउस, विश्वविद्यालय प्रशासन, प्राध्यापक, विद्यार्थी, कर्मचारी, स्थानीय बासिन्दा, बुद्धिजीवि, जनप्रतिनिधि, प्रहरी प्रशासन, सवारी चालक तथा प्रायोजक रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीलाई धन्यवाद दिए ।
यो समुह स्कूल अफ बिजनेस पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले २०७३ सालमा स्थापना गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्