खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार बिहान मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।

बुधबार नै खाँणका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्