ज्ञानज्याेति विद्याकुञ्ज मा.वि.मा जुरेस गठन

समाचार बिज
  • ख-
  • ख+

पाेखरा -३२ गगनगौँडास्थित ज्ञानज्याेति विद्याकुञ्ज मा.वि.मा विश्व रेडक्रस दिवसको अवसर पारी साेमबार जुरेस गठन भएको छ। जुरेस कक्षा ९ मा अध्ययनरत विद्यार्थी नमन सुवेदीकाे अध्यक्षतामा गठन भएकाे शिक्षक नायक चन्द्रा थापाले जानकारी दिनुभयो ।समितिको उपाध्यक्षमा ललिता थापा मगर,सचिवमा खुसी खनाल, सह सचिवमा राेशनी तिवारी र काेषाध्क्षमा साेनी छन्त्याल चयन भएका छन्।
समितिका सदस्यमा क्रमशः कृपा गुरुङ , जिनिया गुरुङ , पाल्साङ तामाङ , प्रशन्न गाैतम,प्रमिश बुढामगर छनाेट भएकाे विद्यालयका प्राचार्य तथा जुरेस संरक्षक अर्जुनप्रसाद अधिकारीले जानकारी दिनुभयाे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्