पोखरामा डेढ अर्ब लगानीमा दुईवटा अपार्टमेन्ट बनाइरहेको रोड शो इन्भेस्टमेन्टको व्यापार ४० करोड

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। घरजग्गा व्यवसायी कालु गुरुङको कम्पनी रोड शो इन्भेस्टमेन्टले सन् २०२१/२२ मा ४० करोड रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२०/२१ मा कम्पनीले जम्मा १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो। २०१९/२० मा कम्पनीको व्यापार ४ करोड ३० लाख रुपैयाँ थियो।

१ अर्ब ५० करोड रुपैयाँ अनुमानित लागतमा कम्पनीले पोखरामा दुईवटा अपार्टमेन्ट परियोजना निर्माण गरिरहेको छ। ४० युनिटको अन्नपूर्ण अपार्टमेन्ट मासबार र ६० युनिटको अन्नपूर्ण लेकसाइड सेदी निर्माणाधीन छन्। जसको कुल बिक्रीयोग्य क्षेत्र १ लाख ३२ हजार ३५४ वर्गफिट छ।

कम्पनीले २०२३ मार्च १२ तारिखसम्म अपार्टमेन्ट बुकिङमार्फत ६० करोड ८० लाख रुपैयाँ उठाइसकेको छ। मासबारमा निर्माण भइरहेको अपार्टमेन्टको वित्तीय प्रगति ५४.४० प्रतिशत रहँदा सेदीको ३७.२२ प्रतिशत पुगेको छ।

कम्पनीले केयर रेटिङ्स नेपालबाट ८८ करोड ६७ लाख रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। ५१ करोड ५६ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी डबल बी माइनस र ३७ करोड ११ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्