आनन्द ज्याेति माविमा विद्यार्थीहरुलाई विदाई

समाचार बिज
  • ख-
  • ख+

आनन्द ज्याेति मावि वेगनासमा विदाई पाेखरा ३१ वेगनासमा रहेकाे आनन्द ज्याेती माविमा विद्यार्थीलाई विदाइ कार्यक्रम सम्पन्न भएकाे छ । विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएकाे हाे । साेहि कार्यक्रममा वाेल्दै प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारीले विदाई भएर जाने विद्यार्थीहरुलाई उज्ज्वल भविष्यकाे कामना गर्दै पढेका र सिकेकाे कुरालाई सिर्जनात्मक रुपमा व्यवहारमा लागू गर्नुपर्नेमा जाेड दिए । विद्यालय व्यवस्थापन समितिका सदस्य सन्ताेष अधिकारी , प्रधानाध्यापक शिवराज अधिकारी, प्लस टु संयाेजक सत्यराज कडेल, सहायक प्रधानाध्यापक गंगाराम रानाभाट, कक्षा १२ काविद्यार्थीहरु सागर तिवारी, सुरक्षा तिवारी कक्षा ११ का विद्यार्थीहरु सपना सापकाेटा भगवान तिवारी लगायतले सफलताकाे शुभकामना व्यक्त गरेका थिए । विद्यार्थी जेनिस थापाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन राेशन सापकाेटा र मनिका थापाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्