बालकुमारी बिआइएम क्लबको होस्टिंग पार्टनर बबाल होस्ट

समाचार बिज
  • ख-
  • ख+

चितवन बालकुमारी कलेजमा बिआइएम अध्यनरत विद्यार्थीबाट संचालित बालकुमारी बिआइएम क्लबसंग बबाल होस्टले सहकारिता गर्ने भएको छ। क्लब संग बबाल होस्ट होस्टिंग पार्टनरको रुपमा जोडिने भएको छ।

बालकुमारी बिआइएम क्लबले आइटी तथा व्यवस्थापनमा क्रन्द्रित रहेर सम्पूर्ण विद्यार्थीहरुमा नेतृत्व र उद्यमी कौशल विकास गर्ने लक्ष्य साथ स्थापित भएको छ। सुरुवाती चरणमा बिआइएम क्लबले महिनामा करिब दुई ओटा कार्यक्रम गर्ने योजना बनाएको छ।

बालकुमारी बिआइएम क्लब र टाइरो सफ्ट प्रालि बीच एक वर्ष सम्म सम्पूर्ण कार्यक्रम होस्टिंग पार्टनरको रुपमा रहने तरिकाले सम्झौता भएको छ। बबाल होस्ट टाइरो सफ्ट प्रालिको ब्रान्डको रुपमा रहदै आएको छ। बबाल होस्टले नेपालमा सुपत तथा गुणस्तर होस्टिंग सुविधा दिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्