नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आश्रम फलफुल वितरण

समाचार बिज
  • ख-
  • ख+

नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसले शिवशक्ति कल्याण बाल आश्रममा फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल विद्यार्थी संघ कास्कीका उपसभापति तथा पृथ्वीनारायण क्याम्पसका पूर्व सभापति सतिस बास्तोला हुनुहुन्थ्यो भने कार्यक्रमको सभापतित्व नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मूल ईकाई समितिका सभापति सुसिल न्यौपानेले गर्नु भएको थियो । सुदिप पौडेलले संचालन गरेको कार्यक्रममा उप सभापति विकास अधिकारी पृथ्वीनारायण क्याम्पसका अग्रज नेता अनिस पाण्डे सभापति सुसिल न्यौपाने र प्रमुख अतिथि सतिस बास्तोला आप्mनो भनाई राख्नु भएको थियो ।

न्यौपानेले नेविसंघ एउटा संगठन मात्र नभई यो एउटा परिवार भएको सदैव विद्यार्थी र बालबालिका हितको पक्षमा काम गर्दै आएको र आउने दिनमा पनि यस्तै सिर्जनात्मक कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाउनु भएको छ । बास्तोलाले हाम्रो गौरवशाली संगठन विद्यार्थी र बालबालिको गौरब तथा समृद्ध समुन्नतिका लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्