दशैँको भिडझैं देखियो निर्वाचनका लागि घर फर्किनेको लस्कर

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । भोलि आइतबार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्न काठमाडौँबाट घर फर्किनेहरूको सङ्ख्या बढेको छ।

आज शनिबार अन्तिम दिन भोट हाल्ने घर फर्किनेको बसपार्कमा भिड लागेको हो। सर्वसाधारणहरू आज बिहानैदेखि नयाँ बसपार्क बालाजुमा घर फर्किनका लागि लस्कर लागेर आ-आफ्नो गाडीको प्रतीक्षामा देखिएका हुन्।

प्रत्येक वर्ष दशैँमा जस्तै प्रत्येक निर्वाचनमा मत हाल्नका लागि घर फर्किनेहरूको बसपार्कमा भिड लाग्ने गर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्