सर्वसम्मतीबाट चुनियो युवा संघको नेतृत्व : अध्यक्षमा क्षितिज थेबे, महासचिवमा सुमन पुरी

समाचार बिज
  • ख-
  • ख+

बुटवल : नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन्। बाँकेको नेपालगञ्जमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले थेबेलाई अध्यक्षमा चयन गरेको हो। थेबे झापाका हुन्।

निवर्तमान उपाध्यक्ष सन्तोष रावलले पनि अध्यक्षमा दाबी गरेपछि युवा संघको महाधिवेशन लम्बिएको थियो। तर, अहिले थेबेलाई सर्वसम्मत अध्यक्ष चुनिएको हो।

त्यस्तै, महासचिवमा रुपन्देहीका सुमन पुरी निर्वाचित भएका छन्। महासचिवमा अञ्जना अधिकारीको पनि दावी थियो।

अध्यक्ष सहित अधिकांश पदमा दुईभन्दा बढी उम्मेदवारहरुले मनोनयन दर्ता गराए पनि सहमतिबाटै नयाँ कमिटी चयन भएको निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले जानकारी दिए। सहमतिका लागि विधान संशोधन गरेर ३ उपाध्यक्षलाई बढाएर ७ जना बनाइएको छ भने सचिवको संख्या घटाइएको छ।

त्यस्तैगरि, उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन्। उपमहासचिवमा महेन्द्र गुरुङ र राजन थापा, सचिवमा बिनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन्।

सचिवमा विनय शाह, पर्वत भण्डारी, खेम शर्मा, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द, जय गुरुङ, मोबिन आलम, कुबेर अधिकारी चयन भएका छन्। कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी चयन भएका छन्।

अनुशासन आयोग प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली चयन भएका छन्। निर्वाचन आयोग प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपाली चयन भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्