पाँचौ ओशियाना नेपाली खेलकुद मिटको कृकेट विधाको फाइनलमा एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का) ले न्यू साउथ वेल्सलाइ ६ विकेटले पराजित

समाचार बिज
  • ख-
  • ख+

अष्ट्रेलियाको क्यानवेरामा शुरु भएको पाचौ ओशियाना नेपाली खेलकुद मिटको कृकेट विधाको फाइनलमा एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का) ले न्यू साउथ वेल्सलाइ ६ विकेटले पराजित गरेको छ।
न्यू साउथ वेलसले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको एन्काले १७ ओभर ३ बलमा ४विकेट गुमाएर १ सय ११ रनको लक्ष्य पूरा गर्न सफल भयो ।
एन्काका लागि ओपनर मनीष खकुरेलले ३८ बलमा २ चौका र
१ छक्काको साथ ३३ रनको ईनिङ खेले ।
कप्तान सुनम गौतमले ३६ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४७ रन बनाउँदा आशीष पोख्रेलले १४ बलमा अविजित १७ रन बनाए ।
वलेशका लागी बिबेक ,हेमन्त ,नितेश ,साहीलले समान १/१विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ वेलसले २० ओभरमा १० विकेट गुमाएर १ सय ११० रन बनाएको थियो ।
वलेसका लागि राजू न्यौपानेले २९ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रनको ईनिङ खेलेका थिए ।
नितेश थापाले १८ बलमा १६ रन बनाएका थिए ।
एन्काकालागी उमेशले ४,बिज्ञान र दीपकले २/२ ,सुनमले १ विकेट लिएका थिए।
खेलको म्यान अफ द म्याच सुनम गौतम घोषित भएका थिए।
एन्का अध्यक्ष बिजय जोशीले यस एतिहासिक् जीत दिलाउन सफल सम्पूर्ण खिलाड़ी साथसाथै ब्यबस्थापक र संपूर्ण एन्का परिवारलाइ हार्दिक धन्यवाद ब्यक्त गरेका छन् ।

एन्काको लागी खेलने खिलाड़ीको नामावालि :
कप्तान सुनम गौतम, उप कप्तान दिपक क्षेत्री, सुवास खकुरेल, मनिष खकुरेल, अमित ज्ञवाली, रशिम कडेल, आशिष पोखरेल, कुलदिप ढुङ्गाना, प्रमेश गिरी, अंकित श्रेष्ठ, बिज्ञान लुइटेल, जेनिश श्रेष्ठ, उमेश बादु, धिरज ज्ञवाली(प्रशिक्षक), अंकित पौडेल(व्यवस्थापक)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्