गगन थापा भन्छन्–प्रधानमन्त्रीको यतिधेरै फुर्सद देखेर छक्क पर्छु

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काम गर्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलिएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले भने, ‘न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने भनेको सरकारले हो । सरकार भनेको प्रधानमन्त्री हो । तर प्रधानमन्त्रीमा आत्माविश्वास नभएको, कता कता अल्मलिएको पाएको छु ।’

कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीको फुर्सद देखेर आफू छक्क परेको बताए । ‘केही कार्यक्रममा मलाई अथितिका रुपमा बोलाउनु भयो । मैले भने भ्याउँदिनँ । आयोजकले भन्नुभयो । प्रधानमन्त्री आउँदै हुनुहुन्छ,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीलाई फुर्सद हुन्छ । तिमिलाई फुर्सद नहुने ? अप्ठ्यारो लाग्यो म गएँ । मेरो प्रधानमन्त्रीलाई यतिधेरै फुर्सद किन छ भनेर म छक्क पर्छ ।’

प्रधानमन्त्रीलाई उद्घाटन र सम्मेलनमा जान भ्यानभ्या भइरहेको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्