उपत्यका मेयर्स फोरमको अध्यक्षमा चिरिबाबु महर्जन

समाचार बिज
  • ख-
  • ख+

२४ चैत, काठमाडौं । उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन चयन भएका छन् ।

काठमाडौं उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने सो फोरमको अध्यक्षमा महर्जन चयन भएका हुन् ।

गठित फोरमको उपाध्यक्षमा सूर्य विनायक नगरपालिकाका मेयर वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, सचिवमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, कोषाध्यक्षमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र सहसचिवमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ चयन भएका छन् । फोरममा उपत्यकाका बाँकी मेयर र उपमेयर सदस्य रहने व्यवस्था रहेको छ ।

मेयरर्स फोरमले काठमाडौं उपत्यका छिर्ने नाका नागढुंगामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एण्ड मोनिटरिङ सिस्टम’ जडान गर्ने निर्णय गरेको छ । उक्त सिस्टमका लागि करिब २ करोड खर्च हुने अनुमान फोरमले गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्