क्यान डन्डिया महासचिवकाे नेपालमा स्वागत

समाचार बिज
  • ख-
  • ख+

१०० स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडका संस्थापक रवीन्द्र भाटी र निर्देशक विकास खेतानले डिफरेन्टली एबल्ड क्रिकेट एसोसिएसन अफ नेपालका अधिकारीको साथमा डिफरेन्टली एबल्ड क्रिकेट एसोसिएसन अफ इन्डियाका महासचिव रवि चौहानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

बीसीसीआईको डिफरेन्टली एबल्ड कमिटीका सदस्य चौहान आइतबार नेपाल आएका हुने ।

संस्थापक भाटीले बीसीसीआईका सदस्यको नेपाल उपस्थितिले नेपाल र भारत बिचको क्रिकेट सम्बन्ध सुमधुर रहने विश्वास व्यक्त गरे

क्रिकेटका राष्ट्रिय अम्पायर तथा बाग्मती प्रदेश क्रिकेट सङ्घका प्राविधिक प्रमुख रवीन्द्र गुप्ता, वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल, फिजीकल्ली च्यालेन्जड क्रिकेट अफ नेपालका कप्तान सन्तोष भण्डारी, र हील चियर क्रिकेट एसोसिएसन अफ नेपालका अध्यक्ष छुल्तीम शेर्पाको साथमा उदय थापाले पनि चौहानको स्वागत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्