राष्ट्र बैंकका गभर्नरसहितको टोलीसँग अर्थमन्त्री डा. महतले थाले औपचारिक छलफल

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नरसहितको टोलीसँग मंगलबार भेट गरेका छन्।

पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सम्बन्ध बिग्रिएको पृष्ठभूमिमा अर्थमन्त्री महतले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सम्बन्ध सुधारको पहल थालेका हुन्।

गभर्नर अधिकारीले पनि नयाँ सरकार बनेर अर्थमन्त्री महत आएपछि सरकारसँगको सम्बन्ध सुधारमा जोड दिएका छन्।

गभर्नर अधिकारीसँग महतले अहिलेको आर्थिक अवस्था, समग्र तरलता, प्रणालीलगायतका बारेमा छलफल गरिरहेका हुन्।

गभर्नरसँग अनुसन्धान विभागका प्रमुख प्रकाशकुमार श्रेष्ठ, विदेशी विनियमय विभागका प्रमुख रामु पौडेल, नियमन विभागका निर्देशक डा. सत्यन्द्र तिमिल्सिनालगायतको टोली  पनि छन्।

सरकारका तर्फबाट अर्थसचिव तोयम रायालगायत छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्