सामसङको नयाँ वर्ष अफर, इलेक्ट्रोनिक तथा होम अप्लायन्समा ४१ प्रतिशतसम्म क्यासब्याक

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। सामसङले नयाँ वर्ष २०८० को अवसरमा विभिन्न इलेक्ट्रोनिक र होम अप्लायन्सहरूमा अफर घोषणा गरेको छ। अफर २०८० जेठ २ गतेसम्म लागु हुने छ।

अफर सामसङको पछिल्लो रेन्जका टिभी, रेफ्रिजिरेटर र वासिङ मेसिनका लागि लागु हुने कम्पनीले जनाएको छ। नयाँ वर्षको अफरमा सामसङले आफ्ना कन्ज्युमर ड्युरेवल्स वस्तुहरूमा ४१% सम्म क्यासब्याक दिने छ।

कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसङ फ्ल्यागसीप क्युएलइडी टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिने सामसङले जनाएको छ।

साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्ने बताइएको छ। छुटसहितको मूल्यमा टिभी किन्न सकिने छ। एक वर्षको पूर्ण वारेन्टी टिभीमा छ। कम्पनीले प्यानलमा थप एक वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।

सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सक्ने जुन ७०० लिटर क्षमतासम्मको छ। यस्तै, ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरू सबैका लागि उपलब्ध छन्। यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको कम्पनीले जनाएको छ।

ग्राहकहरुले एआई इकोबबल टीएम वासिङ मेसिनमा पर्सनलाइज्ड लन्ड्री एक्सपिरिएन्स प्राप्त गर्न सक्ने दाबी कम्पनीको छ। यसमा जेस्टिभ साइकलहरू उपलब्ध छ। ८ केजी, ९ केजी र १२ केजीको भेरियन्टमा २८ प्रतिशतसम्मको ग्यारेन्टी क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै, उपभोक्ताहरुले फ्रन्ट लोड वासिङ मेसिनमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जुन ८ केजी र ९ केजी क्षमता र हाइजीन स्टीम सुविधासहित आउने बताइउको छ।

कम्पनीले यस उत्पादनमा २० वर्षको वारान्टी प्रदान गर्छ। सामसङले अब आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङ मेसिनको डिआइटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध गराएको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्