नेपालले जित्यो प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि 

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ।  खेलको अन्तिम समयमा मनिष डाँगीले गरेको निर्णायक गोलको सहयोगमा नेपालले लाओसलाई हराउँदै विजय हासिल गरेको हो । शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ८७ औं मिनेटमा डाँगीले गोल गरेपछि नेपाल २–१ ले विजयी भएको हो ।

यसअघि १७ ‌औं मिनेटमा लाओसलाई अग्रता लिएपनि नेपालले २४ औं मिनेटमा बराबरी गरेको थियो । त्यसपछिको खेलमा नेपालले एक गोल थप्दा घरेलु टिम विजयी बन्यो ।

नेपालले उपाधिसहित  ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने  उपविजेता लाओस्ल २ हजार ५०० अमेरिकी डलरमा चित्त बुझाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्