सडक निर्माणकाे माग गर्दै स्थानीयहरुले गरे चक्काजाम

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ क्षेत्रका युवा र स्थानियहरु तालचाेक वेगनासताल सडक खण्ड १ घण्टा बन्द गरेका छन् । वाटाे निर्माण कार्य छिटाे शुरु हाेस, खाल्डाखुल्डी टाल्ने काम तुरुन्त हाेस्, अत्यधिक धुलाे उडेकाले सडकमा पानी राख्ने काम हाेस् लगाएतका माग राखेर बन्द गरिएकाे स्थानीय सन्दिप पाैडेल वताउँछन् । जनप्रतिनिधिले कम्तीमा आफ्नो दायित्व सम्झेर सडक टालटुल पारेर जनतालाई राहत दिनुपर्नेमा उल्टाे घर वसेर तमासा हेर्ने गरेकाे स्थानीयले आराेप लगाएका छन् । स्थानीयले अत्यावश्यक सवारीसाधन र स्कुल वसलाई भने बन्द नगरेकाे रामकृष्ण लामीछानेले जानकारी दिए । यश वारेमा पाेखरा महानगर वडा नं ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदीले जनतालाई परेकाे समस्यामा ऐक्यबद्धता जनाउँदै भाेलीवाट नै खाल्डाखुल्डी टाल्ने काम अगाडि वढाउने फाेन मार्फत जानकारी गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्