दुई महिना अगाडि आमा गुमाएका महेशलाई अर्को शोक, बुवाको निधन

समाचार बिज
  • ख-
  • ख+

दक्षिण भारतीय फिल्मका निर्देशक निर्माता एवं अभिनेता कृष्ण घट्टमनेनीको हृदयघातका कारण निधन भएको छ ।

उनी अभिनेता महेश बाबुका पिता समेत हुन् । कृष्णको मंगलबार बिहान ४ बजे अस्पतालमा निधन भएको हो । उनलाई सास फेर्न गाह्रो भएका कारण १४ नोभेम्बर अर्थात सोमबार हैदराबादको कन्टिनेन्टल अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था चिन्ताजनक रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार उनलाई सोमबार राती १ बजे आकस्मिक विभागमा ल्याइएको थियो र त्यसपछि हृदयघातका कारण उनको मृत्यु भएको हो ।

अभिनेता महेशले २ महिनाअघि आमा गुमाएका थिए । कृष्णा एक प्रसिद्ध तेलुगु अभिनेता थिए। उनको जेठा छोरा रमेश बाबुको पनि लामो समयदेखि कलेजोको रोगले यस वर्ष जनवरीमा निधन भएको थियो ।

कृष्णले करिब ३ सय ५० फिल्ममा काम गरेका थिए । उनी आफ्नो समयका शीर्ष कलाकार मध्येका एक थिए । उनी अभिनेता, निर्माता, निर्देशकका अलावा राजनीतिज्ञ पनि थिए । उनलाई सन् २००९ मा पद्मभूषण पदकबाट पनि सम्मानित गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्