मिटरब्याजी पीडितहरूको मागप्रति बालेन शाहको ऐक्यबद्धता

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मिटरब्याजी पीडितहरूको मागप्रति ऐक्यबद्धता जनाएका छन्। विगत केही वर्षदेखि नेपाल सरकारले मिटरब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने भने पनि पीडितले आश्वासन बाहेक केही नपाएको उनको भनाइ छ ।

सधैँ पीडितले काठमाडौँ आएर आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकाले केही गर्न नसकेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

११ दिन हिँडेर काठमाडौँ आएको समाचार हेरे पछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्नका लागि आज बिहानै सम्पर्क गरेको उनको दाबी छ।

तर, पीडितहरूले खुल्लामन्चमै बस्न खोजेको उनको भनाइ छ ।  उनले भनेका छन्, ‘हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौँ । उहाँहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकार समक्ष उहाँहरूको समस्या समाधानका लागि जोडदार माग राख्दछौँ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्