दूधको मूल्य लिटरमा ११ रुपैयाँ बढाउने डीडीसीको निर्णय

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागु हुनेगरी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाउने निर्णय गरेको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफलपछि सो निर्णय भएको दुग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

यसअघि सरकारले किसानका लागि दूधको मूल्य निर्धारण गरेको र संस्थाकै आन्तरिक लागत समेत बढ्ने भएकाले दूधको मूल्य बढाउनु परेको उनले बताए । धेरै क्षेत्रको दूध संकलन गरेर ल्याइ त्यसलाई प्रशोधनपछि वितरण गर्नु पर्ने भएकाले लागत बढ्न गई प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाउनु परेको उनको भनाइ छ ।

यससँगै दूधको मूल्य अब ८६ रुपैयाँबाट बढेर ९७ रुपैयाँ पुग्ने भएको छ ।  यस्तै प्याकेट ४३ रुपैयाँ पर्ने स्टान्डर दूधको मूल्य अब ४८.५० रुपैयाँ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्