एनसिसिले महिला खेलकुद वारे शुरु गर्याे छलफल

समाचार बिज
  • ख-
  • ख+

नेपलीज क्यानेडियन क्रिकेट क्लब (एनसिसि) ले मार्च ६ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको दिन खेलकुदमा महिला सशक्तिकरणको लागि विशेष विषयमा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।

“नेपालको राष्ट्रिय महिला खेलकुद टोलीलाई क्यानडा ल्याउँनका लागी – सम्भावना र चुनौती”को बिषयमा बिषेस छलफल आयोजना हुने भएको छ।

यस कार्यक्रममा एनआरनए आईसिसिका अध्यक्ष रबिना थापा,नेपाली दुतावास नियोगका उप प्रमुख रोजीना तमराकार,एनआरएनए आइसिसिका महिला संयोजक बिमला सापकोटा,एनआरनएका क्यानाडाका अध्ययक्ष दीपक गौतम ,एनआरएनए क्यानाडाका महिला संयोजक अरिता राई गुरुङग,नेपाली क्यानडियन महिला चौतारिका अध्यक्ष अम्बिका ज्ञवालि ,टोरोनटो नेपलिज स्पोर्ट्स क्लबका महासचिव रबिन्द्र लमसाल,हिमालयन डाइनामोका कपतान पशुपति अधिकारी,नेप्लिज लंडन क्रिकेट क्लबका म्यानेजर शिब डालाकोटी बक्ता हरुले बीषयमा आफ्नो कुराहरु राख्ने नेपलिज क्यानडियन क्रिकेट क्लबका अधध्यक्ष किरोज श्रेष्ठले जानकारि दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्