डेभलपमेन्ट बैंकर्स संघको कार्यसमिति छान्न चैत ३ मा साधारणसभा, अध्यक्षमा कसको सम्भावना?

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। नयाँ कार्यसमिति चयन गर्ने गरी डेभलपमेन्ट बैंकर्स संघले बार्षिक साधारणसभा डाकेको छ। संघले चैत ३ गते साधारणसभा डाकेको हो। सभा चितवनमा हुने छ।

दुई वर्षे कार्यकालका लागि नयाँ कार्य समिति चयन हुने संघले जनाएको छ।

अहिलेका अध्यक्ष प्रद्युमन पोखरेलसहित सबैको कार्यकाल पुरा भएको छ। स्रोतको दाबी पत्याउने हो भने अहिलेका उपाध्यक्ष सुयोग श्रेष्ठ आगामी अध्यक्ष हुने छन्। पोखरेलले दोहोर्‍याउन चाहेमा छलफल हुने छ। दुवैले दाबी गरेमा निर्वाचन हुने सम्भावना छ।

‘सकभर सहमतिबाटै अगाडि बढ्ने योजना छ,’ स्रोतले भन्यो, ‘त्यसैले निर्वाचन हुँदैन होला।’ अहिले १७ वटा विकास बैंक सञ्चालनमा छन्। संघ विकास बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संगठन हो।

सभामा अन्य साधारण एजेण्डा छन्। वार्षिक प्रतिवेदन अनुमोदन गर्ने लगायत कार्यक्रम राखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्