भारतमा केही नियम परिवर्तन : बैंकमा ऋणको ब्याज बढ्यो, ग्यास पनि भयो महँगो

समाचार बिज
  • ख-
  • ख+

भारतमा आजबाट कयौं नियमहरु परिवर्तन भएका छन्। ग्यास सिलिन्डर महँगो देखि बैंकबाट ऋण लिन पनि आजबाट महंगो भएको छ।

१ मार्चबाट भारतमा घरेलु ग्यास सिलिन्डरको मूल्य ५० रुपैयाँ बढेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। व्यवसायिक ग्यास सिलिन्डरको मूल्य ३५० रुपैयाँ बढाइएको छ। विपक्षी पार्टीले भने ग्यासको मूल्य बढेकोमा सत्तारुढ दलको विरोध गरिरहेको छ।

यस्तै, आजबाट भारतका बैंकहरुबाट ऋण लिँदा तिर्नुपर्ने ब्याज आजबाट महँगो भएको छ। केही बैंकहरुले पनि पहिला नै ब्याज महँगो बनाएका थिए।

भारतमा सामाजिक संजालमा ‘फेक आइडी’ बनाउने र गलत जानकारी सम्प्रेषण गर्ने विरुद्ध कानुन पनि आजबाट लागू भएको छ। अबबाट सामाजिक संजालमा पोस्ट गर्न विशेष धयान दिन भनिएको छ। नियमविरुद्ध पोस्ट भएको पाइएमा कानुनी कारवाही हुनसक्छ। विशेषगरि साम्प्रदायिक र संवेदनशील पोस्टविरुद्ध यो नियम लागू गरिएको हो।

यस्तै, यो वर्ष रिजर्ब बैंक अफ इन्डियाको क्यालेन्डर अनुसार मार्च महिनामा भारतको सरकारी र निजी बैंक १२ दिन बन्द हुने भएको छ। बैंकमा हुने साप्ताहिक विदासँगै पर्व विदाका कारण यो  महिना १२ दिन बैंक बन्द हुन लागेको हो। जसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने बताइएको छ।

आजबाट भारतको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा हुँदै आएको आरतीको मूल्य पनि महँगो भएको छ। मार्च १ बाट मंगला आरतीका लागि ३५० रुपैयाँको सट्टा ५०० भारतीय रुपैयाँ तिर्नुपर्नेछ। यस्तै, सप्तऋषि आरती, मध्याह्न आरती र श्रृंगार-भोग आरती पनि महँगो भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्