एयर इन्डियाद्वारा ७० अर्ब डलरमा ४ सय ७० जहाज खरिद ‘अर्डर’

समाचार बिज
  • ख-
  • ख+

एजेन्सी। टाटा ग्रुपको स्वामित्वमा आएको एयर इन्डियाले जहाज किन्न ठूलो रकम लगानी गर्ने भएको छ। एयर इन्डियाले ७० अर्ब डलरमा ४ सय ७० थान जहाज खरिद गर्ने भएको हो।

एयर इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) क्याम्पबेल विल्सनले सोमबार जहाज निर्माता कम्पनी युरोपको एयरबस र अमेरिकाको बोइङसँग ४ सय ७० थान जहाजका लागि ७० अर्ब डलर भुक्तानी गर्ने सम्झौता भएको बताए।

एयर इन्डियाले आन्तरिक नगद प्रवाह, इक्विटी बिक्री र लिजब्याकबाट ७० अर्ब डलर जुटाउने सिइओ विल्सनले जानकारी दिए।

एयर इन्डियासँग ठूलो क्षमता छ र हामीले नयाँ जहाजको ऐतिहासिक अर्डरका लागि प्रतिबद्ध छौं जुन यस वर्षको अन्त्यबाट फ्लिटमा प्रवेश गर्न थाल्नेछ,’ सिइओ विल्सनले भने, ‘आवश्यक रकम विभिन्न स्रोत संयोजनबाट जुटाइने छ।’
एयर इन्डियासँग टाटाकै अर्को वायुसेवा कम्पनी भिस्टारा एयरलाइन्स एकीकरणबारे छलफल चलिरहेको छ।

यो प्रक्रिया चलिरहेको छ र अब भारतीय प्रतिस्पर्धा आयोग (सिसिआई) बाट स्वीकृतिको पर्खाइमा छ,’ सिइओ विल्सनले भने, ‘एयर इन्डिया एक्सप्रेस र एआइएक्स कनेक्टको एकीकरण जसलाई एयर एसिया इन्डिया भनिन्छ।

एयर इन्डियासँग प्रशस्त सम्भावना र अभूतपूर्व अवसर छन्। यो समूहले महत्वपूर्ण ‘अन्तर्राष्ट्रिय खेलाडी’ बन्न काम गरिरहेको उनले बताए ।

फेब्रुअरी १४ मा एयर इन्डियाले ७० थान ‘वाइडबडी’ जहाजसहित ४ सय ७० जहाज खरिद अर्डर गर्ने  घोषणा गरेको थियो।

एयर इन्डियाले यो महिना सुरुमा बोइङबाट २ सय २० र एयरबसबाट २ सय ५० जहाजका लागि अस्थायी सम्झौता घोषणा गरेको थियो, जसले एउटै वायुसेवाको अर्डरका लागि अघिल्लो रेकर्ड ग्रहण गर्नेछ।

एयर इन्डियाले आन्तरिक नगद प्रवाह, सेयरहोल्डर इक्विटी, जहाज बिक्री र भाडामा फिर्तालगायत स्रोत संयोजनबाट रकम जुटाउने योजना बनाएको सिइओ विल्सनले पत्रकार सम्मेलनमा बताए। ४ सय ७० जहाजको ‘फर्म अर्डर’ मध्ये २ सय ५० एयरबस र २ सय २० बोइङ हुनेछन्।

‘हामीसँग धेरै समय छैन, बजारको मूल्या.कन गर्नेछौं,’ विल्सनले भने, ‘थप ३ सय ७० जहाज खरिद गर्ने विकल्प प्रयोग गर्ने छौं।’

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ अघि जब एयर इन्डियाको चर्चा हुन्थ्यो, यो प्रायः नकारात्मक समाचारका लागि हुने गरेको बताए।

उनले कांग्रेसको शासनकालमा एयर इन्डिया घोटालाका लागि, घाटा बोक्ने व्यापार मोडेलका रूपमा  परिचित रहेको बताए।
‘आज एयर इन्डियाले नयाँ क्षमताका रूपमा विश्वसामु नयाँ उडान गरिरहेको छ,’ प्रधानमन्त्री मोदीले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्