चितवनमा मेयर लिग टि २० क्रिकेट प्रतियोगिता हुने

समाचार बिज
  • ख-
  • ख+

चितवनमा फागुन १७ गतेबाट इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । लिग फाल्गुन १७ गते देखि २७ गते सम्म टिकौली खेल मैदानमा हुने भएको छ। प्रतियोगिताको पहिलो खेल सौराहा स्याण्डर र टाँडी टाइटन्स बिच हुनेछ।

प्रतियोगितामा बिएम ब्लास्टर, टाँडी टाइटन्स, सौराहा स्याण्डर, नेप्लीज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी कुल ६ टोलीको सहभागीता रहेन आयोजकले जनाइको छ । प्रत्येक टोलीले २ जनासम्म राष्ट्रिय खेलाडी वा जिल्ला बाहिरका खेलाडीहरु आफ्नो टिममा समावेश गरेका छन्।

सिंगल राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताको विजेतालाई नगद ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्लेयर अफ द सिरिजलाई नगद १० हजार, बेष्ट बलर र वेष्ट ब्याट्सम्यानलाई जनही ५/५ हजार र इमर्जिङ प्लेयरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने छ ।

टोलीहरु :

टाँडी टाइटन्स: इमरान अन्सारी ,प्रजावल कोइराला ,बाबुराम भट्टराई ,विकल गुप्ता ,रोहित क्षेत्री, विशाल फुयाँल, रिजन काफ्ले ,संघर्ष पौडेल ,नरेश प्रधान पाल्देन लामा ,नितेश दास, अंकित श्रेष्ठ ,मिकेल बानिया र सुमित शर्मा

सौराहा स्यान्डर्स : रिजन ढकाल, अशोक पौडेल ,अभिनाश सापकोटा ,अंकित झा, सन्तोष न्युपाने, दिपन बानिया, सगुन थापा, विदुर मगर ,आशिष खरेल ,विमल चालिसे, राज पाण्डे ,राजऋषि यादव ,ससिर न्यौपाने र सौगात ढकाल

हानामी वारियर्स: कैलाश पंगेनी ,कशिश सुवेदी, विवेक कँडेल, गौरव खड्का, ज्ञानराज निउरे, श्याम मण्डल ,राम विक्रम कार्की, आकाश थापा, मिलन आचार्य अनुज छनारा, क्षितित कुमार शाह ,क्रिजन गुरुङ, अन्जन नेपाल र शिशिर गुरुङ

भरतपुर इलेभेन: राज प्रताप क्षेत्री, सुगम सापकोटा, कमल परियार, मुनाल लुंगेली, अस्मिन बी.के, सिद्धार्थ क्षेत्री ,राजन श्रेष्ठ, तक्षक सिमखडा, रोनिम तिवारी ,दिवाश आचार्य, मनिष अर्याल, आशिष सिग्देल र आयुश जंग श्रेष्ठ

नेप्लीज क्यानेडियन क्रिकेट क्लब: कृष्ण श्रेष्ठ ,विदुर पौडेल, रवीन्द्र तिमिल्सेना ,बिसाल पौडेल ,विज्ञान पाण्डे ,गौतम के.सी , पारस घिमिरे ,संस्कार देवकोटा ,नवीन यादव, लक्की सापकोटा, प्रसन्न बर्तौला, शिरीष राखाल, विशाल पौडेल र दिपेश कुमार क्षेत्री

बिएम ब्लास्टर: कुसल चौधरी, सुमन सुनार ,पवन थापा ,संजोग क्षेत्री, सिद्धार्थ शर्मा धरेल, बिबास न्युपाने, चन्द्रकान्त पौडेल, युवराज खरेल, दानिश इकबाल रिकिन कोइराला, मुकेश सिंह, विशाल खत्री ,शुभ कंस्कर र सुवास दवाडी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्