जनप्रियमा हल्ट प्राईज सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

बिज्ञान कार्की पोखरा

हल्ट प्राइज जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र पोखरा महानगरपालिका व्यवसाय प्रबर्द्धन केन्द्र को सहकार्यमा हल्ट प्राइज अन क्याम्पस प्रतियोगिता सम्पन्न भएको छ।

गण्डकी प्रदेश उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री माननीय रेशम जुग्जालि मगर(सुबिन) को प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रम को अध्यक्षता हल्ट क्याम्पस डाइरेक्टर दामोदर भुषाल र संचालन आकृति बराल र दीक्षा पौडेलद्वयले गरेका थिए।

कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लोकराज भण्डारी ,ब्यवसाय प्रबर्द्धन केन्द्र का महाशाखा प्रमुख मनोहर कडरिया लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

पन्ध्र टिम सहभागी प्रतियोगितामा डिजिटल राउन्डबाट फाइनलमा पाँच टिम पुगेका थिए ।

शोभा के.सी., अशोक पौडेल ,दिपेश कुँवर ,राजिब शाही र क्षितिज बराल निर्णायक रेहेको प्रतियोगिताको फाइनलमा टिम सतवत्रले प्रथम स्थान हासिल गरेको छ।

सतबत्र टीममा दीपिका खान्ड,लक्ष्मण बिस्वकर्मा,एलिना सापकोटा,आयुष पौडेल,कुशुम आचार्य र सल्लाहकारको रूपमा बिपिन पराजुलि रहेका थिय।

  • ग्लोबल फाइनलमा पुगेको टिमले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आफ्नो व्यवसायको प्रदर्शन प्रस्तुति दिन पाउने छ । निर्णायक मण्डलबाट विजयी घोषित टिमले आफ्नो व्यवसायलाई अगाडि बढाउन १० लाख डलर राशीको पुरस्कार पाउने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्