लेखनाथ उद्योग वाणिज्य संघमा सम्माननीय प्रधानमन्त्रीलाई स्वागत

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ ०८, माघ

लेखनाथ उद्योग वाणिज्य संघले एक कार्यक्रम गरि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई संंघको सभाहलमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीले पोखरा लेखनाथ एकहुने अवस्थामा सृजना भएको मतभेद र उद्योगी व्यवसायीको वर्तमान समस्याका बारेमा आफु अवगत रहेको बताउनुभएको थियो । सम्पुर्ण उद्योगी व्यवसायीको समस्या समाधानका लागि पहल गर्दै रहेको र औद्योगिक क्षेत्रको स्थापना लगायत यस क्षेत्रको विकासका सम्भावनाहरुको विस्तृत रुपमा कार्ययोजना बनाई ज्ञापनप्रत्र लिएर केन्द्रमा आउनका लागि लेखनाथका व्यवसायीहरुलाई निमन्त्रण दिनुभएको थियो ।

लेउवा संघका अध्यक्ष छत्रधर आत्रेयकोे अध्यक्षता भएको उक्त कार्यक्रममा लेखनाथ नगरपालिका पुर्नस्थापना, यस क्षेत्रमा औद्योगिक क्षेत्रको स्थापना र वर्तमान अवस्थामा उद्योगी व्यवसायीलाई परेका पिडा, क्रसर व्यवसायीहरुको व्यवस्थापन सम्वन्धि नीतिगत समस्याहरुका बारे सम्माननीय प्रधानमन्त्रीज्यु समक्ष अध्यक्ष आत्रेयले जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रम संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले सन्चालन गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्