गण्डकी विश्वविद्यालयको तेश्रो वार्षिकोत्सव एवं नवनिर्मित भवनको समुद्धघाटन

समाचार बिज
  • ख-
  • ख+

कविराज खनाल
पोखरा, ४ फाल्गुण ।
पोखरा महानगरपालिका वडा नं. ३२, मालमुलमा रहेको गण्डकी विश्वविद्यालयको नव निर्मित भवनको आज गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारी एक समारोहका विच उद्ध्घाटन गर्नु भयो ।
तेश्रो वार्षिकोत्सव समारोह एवं नवनिर्मित भवन उद्ध्घाटन गर्दे मुख्य मन्त्री अधिकारीले अनुसन्धानमा केन्द्रित प्राविधिक शिक्षा प्रदेशको सभ्यता र विकासको लागि जन भावना र मर्म अनुसार ज्ञानको शहरको रुपमा विकास गर्दे विश्व वजारमा सामर्थ राख्न गण्डकी विश्वविद्यालय स्थापना भएको वताउदै अनुसन्धानलाई अझ व्यापक वनाउदै दक्ष जनशक्ती उत्पादन गरी विश्वविद्यालयका शैक्षिक गतिविधि अगाडी बढाउनु पर्ने धारणा राख्नु भयो ।
कुलपति प्राडा गणेशमान गुरुङ्ले विश्वविद्यालयले नेपालमै पहिलो पटक स्पोर्टको पढाइ सुरु गरेको भन्दै विद्यार्थीको राम्रो आकर्षण रहेको विश्वविद्यालयले अनुसन्धान आविश्कारलाई जोड दिएको भविश्यमा पढाई सगै उर्जा र विकासलाई प्रकृति र संस्कृति संगै तिव्र गतिका साथ अगाडी बढ्ने छ वहाँको भनाई रहेको छ ।
उपकुलपति प्राडा नवराज देवकोटाले सिमित साधन र स्रोतको उपभोग गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विश्वविद्यालयको अनुसन्धानमा विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा अभिवृद्धि र उच्च स्तरीय जनशक्ति उत्पादन हुने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा न्यासिक परिषद्का अध्यक्ष डा.दिनेशचन्द्र देवकोटा, पुर्व गण्डकी प्रदेशका मुख्य मन्त्री एवं माननीय सांसद पृथ्वी सुब्बा गुरुङ्, पोखरा महानगरका मेयर धनराज आचार्य, विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश तिमिल्सीना, विज्ञान प्रविधिका डिन कपिल अधिकारी, गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, सचिव रविलाल पन्थी, निति तथा योजना आयोगका डा. गिरीधर पौडेल लगायतले गण्डकी प्रदेशले देखेको सपना पुरा गर्नका लागि संसारकै उत्कृष्ट विश्वविद्यालय वनाउन सवैमा अनुरोध गर्नु भयो ।
गण्डकी प्रदेश सरकारद्धारा प्राविधिक शिक्षालाई प्रोत्साहनगर्न वि.स. २०७६ मा गण्डकी विश्वविद्यालय स्थापना भएको थियो ।
नेपाल सरकारवाट २०७७ सालमा पोखरा महानगरपालिकाको वडा नं. ३२ स्थित मालमुलमा १८१ रोपनिर मालोपाटनको १७२ रोपनीजग्गा प्राप्तभए पछि मालमुलको १८१ रोपनी जग्गामा विश्वविद्यालयको केन्द्रिय भवन, कुलपति, उपकुलपति र रजिष्टारको कार्यालय, पुस्तकालय आदिका लागि १२ वटा भवन ६ करोड ५८ लाख रुपैयाको लागतमा संरचना निर्माण सम्पन्न भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्