पोखरा म्याराथन : भ्यालेन्टाइन डे को अवसरमा जोडीलाई दर्तामा अफर

समाचार बिज
  • ख-
  • ख+

पोखरा /

भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसरमा पोखरा म्याराथनमा सहभागि हुन चाहने जोडीहरुले अफर पाउने भएका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा यहि फागुन ६ गते  हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि विशेष अफरको घोषणा गरेको हो । मञ्चको शनिबार सम्पन्न सचिवालय बैठकले प्रेम दिवसको अवसरमा जोडी (कपल)लाई दर्तामा छुटको अवसर दिने निर्णय गरेको हो । भ्यालेन्टाइन डे फागुन २ गतेका दिन पोखरा म्याराथनमा सहभागि हुन चाहने जोडीलाई १ हजारमा दर्ता गर्न पाउने गरी छुटको व्यवस्था गरेको मञ्चका सचिव केशव पाठकले जनाएका छन् ।

“अहिले हामीले प्रति धावक अथवा सहभागि हुन आउनेलाई रु १ हजारमा म्याराथनको लोगो अंकित टिशर्ट दिने गरी दर्ता गरेका छौं” सचिव पाठकले भने–“विश्वभरी मनाइने भ्यालेन्टाइन डेलाई मध्यनजर गर्दै फागुन २ गतेका दिन जोडीलाई म्याराथनको लोगो अंकित टिशर्ट दिने गरी १ हजार दर्ता गरी अफर दिने निर्णय गरेका छौं ।” यो अफर पोखरा म्याराथनमा सहभागिता गराउने संगै आकर्षण समेत बढाउनका लागि विशेष दिनका लागि गरिएको उनको भनाई थियो । यो अफर पछि कुनै पनि जोडी दर्ता गरेमा पोखरा म्याराथनको लोगो अंकित टिशर्ट पाउने छन् ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन नेपालकै जेठो म्याराथन र सर्वाधिक पुरस्कारको राशी समेत भएको म्याराथन हो । खेलाडी अन्तिम दर्ता नजिकिंदै जाँदा पोखरा म्याराथन अन्तर्गत हुने दौडमा हाल सम्म १ हजार भनदा वढीले आफ्नो नाम दर्ता गराई सकेको मञ्चले जनाएको छ । पोखरा म्याराथनकै लागि विभिन्न दश भन्दा वढि देशका धावकहरु समेत पोखरा आउने तयारी गरिरहेका छन् भने पोखरा महानगरको विभिन्न वडा र टोलहरुमा प्रचारात्मक अभियान समेत तिव्र पारिएको मञ्चले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्