‘सेजन अवार्ड’ बाट ६ जना आर्थिक पत्रकार पुरस्कृत

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। आर्थिक पत्रकार समाज (सेजन) ले छ जना पत्रकारलाई पुरस्कृत गरेको छ। सेजनले आइतबार आयाजित ‘सेजन अवार्ड’ कार्यक्रममा छ जना पत्रकारलाई अवार्ड प्रदान गरेकाे हाे।

आर्थिक श्रेत्रमा कलम चलाएका अन्नपूर्ण पोष्टका सुरेन्द्र कमफ्ले र ममत थापाले सेजन अवार्ड पाएका छन्। यस्तै ब्रोडकास्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टिभीका विनय बन्जराले पाएका छन् भने डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड कान्तिपुरका कृष्ण आचार्यले प्राप्त गरेका छन्।

सेजन डिजिटल मिडिया अवार्ड पहिचान मिडियाका ठाकुरप्रसाद दुलाल (माधव) र छापातर्फ टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले अवार्ड पाएका छन्। सन्जय न्यापाने फेलोसिप अवार्ड कारोबार दैनिककी कौसिला कुँवरले पाएकी छन्।

अर्थतन्त्रका सवालमा पत्रकारिताका माध्यमबाट उल्लेख्य योगदान पुर्‍याएकाे भन्दै सेजनले अवार्ड प्रदान गर्दै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्