विश्व हिन्दू महासंघको पोखरा महानगर समिती गठन तथा सम्मान

समाचार बिज
  • ख-
  • ख+

पोखरा २६ माघ
विश्व हिन्दु महासंघको पोखरा महानगर कमिटी गठन गरीएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथी विश्व हिन्दु महासंघका केन्द्रिय अध्यक्ष तथा पुर्व मन्त्री डा रामचन्द्र अधिकारीले राष्ट्रिता जोगाउनका लागी हिन्दु धर्मको संरक्षणका लागी भएका सम्पदाहरुको उचित संरक्षण गर्र्नु पर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा धार्मिक अधियन्ता वेदनिधी शर्मालाई सम्मान गरीनुका साथै उहँकाो अधिनन्दन ग्रन्थ नामक किताव समेत विमोचन गरीएको थियो । कार्यक्रममा वोल्दै गण्डकी प्रदेश सांसद् विन्दु अधिकारीले संसद्मा हिन्दु धर्म वारे खुलेर वहस गर्ने र धर्मको संरक्षणका लागी सदैव लडिरहने वताइन् ।
महासंघको पोखरा महानगर कमितीको अध्यक्षमा गोपाल वहादुर थापा, उपाध्यक्ष सिता देवी अधिकारी, गणेश पौडेल, वलराम पोख्रेल, महासचिव सकुन पौडेल, कोषाध्यक्ष इन्दिरा अधिकारी, सचिवमा कमला भण्डारी, पदमलाल तिमिल्सेना, शिव वराल, सदस्यहरुमा जमुना भण्डारी, कृपा वराल, लक्ष्मी शर्मा, कुल वहादुर सेन, धनपती वराल, सुचना खनाल, कृष्ण कुमारी कुँवर रहेका छन् ।
कार्यक्रमको अध्यक्षता केन्द्रय उपाध्यक्ष शंकर खरालले गर्नुका कार्यक्रम सञ्चालन गण्डकी प्रदेश महिला अध्यक्ष पार्वता पौेडेलले सञ्चालन गरेको कार्यक्रम कास्की जिल्ला महासचिव मिलन प्रसाद तिवारीले जानकारी दिनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्