बेगनासमा निशुल्क स्वास्थ्य शिविर समन्न।

समाचार बिज
  • ख-
  • ख+

माघ २१,२०७९

बिश्व क्यान्सर दिवसको अबसरमा श्री कोट देउराली बहुउद्देश्यीय सहकारी सस्थाको आयोजना तथा लायन्स क्लब अफ पोखरा नर्सेस, चरक मेमोरियल हस्पिटल र  टोटल डेन्टल केयरको प्राबिधिक सहयोगमा पोखरा-३१ बेगनासमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। स्थानिय २५० जनाको निशुल्क रूपमा मुखको पाठेघरको क्यान्सर, स्तन क्यान्सर, दातको परिक्षण ,छाति तथा पेट, सुगर, रगत साथै मुटुको इसिजि लगाएतको परिक्षण गरिएको थियो। उक्त परिक्षण डा. रत्नशिला महर्जन, डा. हरि द्वा, डा. सदेश पराजुली ,डा. एलिजा सुर्खेती, डा. कल्पना पौडेल लगाएतको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो। कार्यक्रममा युवा ब्यबसायी एबम समाजसेवि दामोदर तिवारीको सहयोग गरेका थिए।

औपचारिक  कार्यक्रमको  उद्घाटन गर्दै पोखरा-३१ का वडा अध्यक्ष ढकनाथ कडेलले यस्ता निशुल्क शिबिरले जनताको स्वास्थ्य परिक्षणमा सहजता प्रदान गर्नुका साथै स्वास्थ्यप्रति सचेत बनाउने कुरा व्यक्त गरे। सहकारीका अध्यक्ष सुरेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सचिब बिष्णु प्रसाद लामिछाने, कार्यक्रम संचालन राजेन्द्र सापकोटाले गरेको कार्यक्रम सम्योजक गणेश सापकोटाले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्