
पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोह २०७९ फागुन ८ गते सोमबार ( २० फेब्रुअरी, २०२३) पोखरा विश्वविद्यालय, पोखरा–३०, कास्कीमा प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डज्यूको अध्यक्षतामा हुने भएको छ । दीक्षान्त समारोहलाई सम्बोधन गर्न तथा प्रमुख आतिथ्यताको लागि Noida International University भारतका उपकुलपति Prof. Dr. Uma Bhardwaj आउने कार्यक्रम रहेकाे सुचना अधिकारी लाेक प्रसाद ढकालले जानकारी दिए ।