गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा पौडेल नियुक्त

समाचार बिज
  • ख-
  • ख+

पोखरा ।  गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा डा.गिरधारि शर्मा पौडेल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले दोहोर्याएर आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका पालामा पनि पौडेल योजना आयोगको उपाध्यक्ष थिए  । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता रोशन गाहामगरले बताए । पौडेल हाल युएनडिपीमा कार्यरत छन् । उनको स्थायी घर स्याङ्जा आँधीखोला गाउँपालिका हो ।

यस्तै आयोगको सदस्यमा डाक्टरद्वय सुवास अधिकारी र शान्तकुमारी खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता मगरले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्