अनेरास्ववियूको महाधिवेशन प्रचारमा भित्तेलेखन नगरिने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आसन्न २३ औँ राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने प्रचारप्रसार उपसमितिका संयोजक नरेश रोकायाले जानकारी दिए । उनका अनुसार प्रचार सामग्री बनाउँदा सहर फोहर हुने भएकाले सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक लगायतबाट प्रचारप्रसार गर्ने उनको भनाइ छ । महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुनेछ ।

महाधिवेशनलाई सूचना प्रविधीमैत्री बनाउन डिजिटल सामग्री निर्माण गर्ने र  काठमाडौँका मुख्य स्थान त्रिपुरेश्वर, कलङ्की, दरबारमार्ग, चाबहिलमा ‘डिजिटल डिस्प्ले’मार्फत प्रचार गरिने उहाँले बताउनुभयो । जिल्ला कमिटीले आफ्ना जिल्लामा डिजिटल डिस्प्ले, स्थानीय रेडियो, पत्रपत्रिका र अनलाइनमार्फत प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्