सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ६ हजार ३ सय पुग्यो

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुनको मूल्य १ हजार रूपैयाँले बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार रूपैयाँले बढेर १ लाख ६ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि विस २०७८ फागुन १५ गते सुनको मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनेको थियो । त्यसयता मूल्यमा निरन्तर उतारचढाव आइरेपनि मंगलबार भने सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १३ सय ६५ रूपैयाँ कायम भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्