लियो क्लव र पबमास द्वारा पुस्तकालय स्थापना

समाचार बिज
  • ख-
  • ख+

लियो जिल्ला परिषद ३२५ आई नेपाल अन्तर्गत पर्ने लियो क्लव अफ लेखनाथ ७ लेकेसिटीर तथा पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठनको (PUBMAS) सहकार्यमा मिति २०७९/१०/०७ गतेका दिन पोखरा-१९, लामाचौरमा अवस्थित ॐ कल्याणी बाल आश्रममा लियो क्लव अफ लेखनाथ ७ लेकेसिटीका अध्यक्ष लियो किरण सुवेदीको अध्यक्षता र लायन्स क्लब इन्टरनेशनल ३२५ आई नेपाल बर्ष २०२२/२३ का जिल्ला पिआवो तथा लायन्स क्लव अफ लेखनाथ ७ लेकेसिटीका संस्थापक अध्यक्ष लायन शिवप्रसाद भण्डारी काे प्रमुख आतिथ्यतामा ‘Library Establishment Project’ भव्यतका साथ सम्पन्न गरेको छ।
लियो क्लव अफ लेखनाथ ७ लेकेसिटीका प्रथम उपाध्यक्ष
उक्त कार्यक्रममा लायन्स क्लव अफ लेखनाथ ७ लेकेसिटीका अध्यक्ष लायन गोविन्द लामिछाने, लियो जिल्ला परिषद् ३२५ आई नेपालका जिल्ला उपाध्यक्ष लियो राजनबाबु ढुंगाना, लियो क्लव अफ लेखनाथ ७ लेकेसिटीका निवर्तमान अध्यक्ष तथा क्षेत्रीय संयोजक लियो अमृत पौडेल, पबमास वर्ष २०२२/२३ का अध्यक्ष रोशन पाण्डे , कल्याणी बाल आश्रमकि संचालिका कुमारी भवानी लगायत अन्य लियो तथा पब्मासका सदस्यहरूको उपस्थिति रहेको थियो।
लियो क्लव अफ लेखनाथ ७ लेकेसिटीका प्रथम उपाध्यक्ष लियो प्रसन्न सापकोटाले स्वागत मन्तव्य दिनुभएको थियो।
पब्मास वर्ष २०२२/२३ का अध्यक्ष रोशन पाण्डेले मन्तव्य राख्ने क्रममम मानविय सेवाको निम्ति यश कार्यक्रममा सहकार्य गर्न पाउँदा खुशि व्यक्त गर्नको साथै किताब पढ्नाले ज्ञानको दायरा फराकिलो हुने भन्दै आश्रममा रहेका बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो।
लियो राजन बाबू ढुङ्गना र लायन गोविन्द लामिछानेले मन्तव्य राख्ने क्रममा कार्यक्रमको सफलताको शुभकामना दिदै आगामी दिनहरूमा दुई संस्था सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु गर्न र आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्वता समेत गर्नु भएको थियो।
प्रमुख अथिति भण्डारीले आफ्नो मन्तव्य राख्ने क्रममा लियो क्लव र पबमासले गरको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै समाजसेवाको कार्यक्रम गर्न प्रोत्साहन गर्दै लायन्स क्लवले पनि सधैं सहकार्य गर्ने आश्वासन दिनु भएको थियो ।

उक्त आश्रममा अभाव भएको कुरा सहयोग पुगोस भनेर ३०० थान किताव, किताब रयाग् , खेलकुद साम्रागिमा फुटबल ब्याटमिन्टन ,कापि कलम , तथा बिभिन्न शैक्षिक साम्रागि हस्तान्तरण गरेका छन्। यस आश्रममा हाल १५ बालबालिका रहेको जानकारी आश्रमकी सञ्चालिकाले बताउनु भयो र यो पुस्तकालयले त्यहाँ भएका बालबालिकालाई पढाइमा सहयोग र रूची बढाउने काम गर्ने छ भनेर जानकारी दिनुभयो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष सुवेदीले शिक्षाले नै मानिसलाई सिगार्छ अनि योग्य बनाउँछ र यस लाइब्रेरीमा भएका किताबलाई भरपुर प्रयोग गर्न आग्रह गर्दै थप लाईब्रेरिलाई अपडेट गर्दै लैजान सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

लियो सुस्मिता बरालले कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रमको संयोजकत्व लियो कृष्ण बस्ताकोटीले गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्