विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा अधिकारी नियुक्त

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा.देवराज अधिकारीलाई नियुक्त गरेको छ । बुधबार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । त्यस्तै सरकारले भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव उर्जामा र उर्जाका सचिव भौतिक मन्त्रालयमा सरुवा गरेको छ । बैठकले विभुषण सम्बन्धि अध्ययन समिति समेत गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद विस्तार गरेपछि बसेको पहिलो बैठकमा क्रसर उद्योग सञ्चालनका सम्बन्धमा समेत छलफल गरे पनि निर्णय भैनसकेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्